१७ कार्तिक
आसनन मसिंर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पुर्वसन्ध्यामा आज डडेल्धुरामा आयोजित चुनावीसभामा नौलो दृश्य देखिएको थियो ।
डडेलधुराबाट चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १२ बजे देखी सुरुहुने भनिएको कार्यक्रममा सम्बोधन गर्न डडेल्धुरा आउदै गर्दा स्वागत गर्नेहरुको भिडमा उनी संगै चुनावी प्रतिस्पर्धामा रहेका सागर ढकाल बसपार्कमा उनको स्वागतका लागि माला बोकेर उभिरहेका देखिएका थिए ।
निर्धारित समय भन्दा करिव ३ घण्टा ढिलो गरि सुरुभएको कार्यक्रममा देउवा निर्धारित समयमा नपुगेपछि कांग्रेस कार्यकर्तासँगै ढकाल पनि तीन घण्टादेखि स्थानीय बसपार्कमा स्वागत गर्ने लाइनमा प्रतीक्षामा उभिएका थिए । देउवा १२ बजे आउने कार्यक्रम भए पनि साढे ३ बज्दासम्म पनि देउवा डडेलधुरा पुगेका थिएनन।
ढकालले देशको प्रधानमन्त्रीको स्वागत गर्नका लागि आफू उभिएको सञ्चारकर्मीहरूलाई बताए । उनले भने‚ ‘सदैव मतदाताले स्वागत गरे यसपटक म उनको प्रतिस्पर्धामा उभिएको उम्मेदवार पनि लाइनमा उभिएको छु ।’ बाजे पुस्ता र नाती पुस्तामा यही फरक हो ढकालले भने‚ ‘जनताले पनि यो पुस्तान्तरणलाई बुझ्न सकून् भनेर म उनको स्वागतको प्रतीक्षामा माला बोकेर उभिएको हुँ ।’