चुनावी सभालाई सम्बोधन गर्न शिर्षनेताहरु सुदुरपश्चिममा

१७ कार्तिक

आसन्न मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा आयोजना गरिन लागेका चुनावि सभाहरु लाई सम्बोधन गर्न शिर्षनेता हरु सुदुरपश्चिम पुगेका छन् ।

निर्वाचन आयोग द्धारा आज कार्तिक १७ गते देखी मंसिर १ गते सम्म मात्र जुलस, आमसभा र कोणसभा गर्न पाउने व्यवस्था गरे अनुरुप शिर्ष नेताहरु आफनो पार्टि तथा गठबन्धनले आयोजना गर्नलागेका चुनाविसभा लाई सम्बोधन गर्नको लागी सुदुरपश्चिम पुगेका हुन् ।

डडेल्धुराका विभिन्न ७ स्थानमा आयोजना हुने चुनावी आमसभा लाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापती एबं प्रधानमन्त्रि आज डडेल्धुरा पुग्दैछन् । देउवा ले आज दिउसो डडेल्धुरा सदरमुकाम स्थित बसपार्कमा आयोजना हुने चुनावी सभा लाई सम्बोधन गर्नेछन् भने कार्तिक २० गते सम्म बाकि विभिन्न ६ स्थानमा आयोजना हुने चुनावी सभा लाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ । देउवा हिजो साँझ धनगढी पुगेको हुन ।

यसै गरि प्रमुख प्रतिक्षी नेकपा एमालेका अध्यक्ष एबं पुर्व प्रधानमन्धि क.पी. वली पनि चुनावी सभा लाई सम्बोधन गर्न सुदुरपश्चिम आउदैछन् । आज धनगढी पुग्ने वलीले भोली दार्चुला बाट पहिलो चुनावी
सभालाई सम्बोधन गर्ने कार्यक्रमको सुरुवात गर्नेछन भने हिउसो बैतडीको पाटनमा दोश्रो चुनावी सभा लाई सम्बोधन गरि साँझ कञ्चनपुरमा आयोजना हुने सभालाई सम्बोधन कार्यक्रम रहेको नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए ।

दार्चुलाको खलंगामा बिहान ११ बजे, बैतडीको पाटनमा दिउसो २ वजे तथा कन्चनपुरको महेन्द्रनगरमा दिउसो ४ वजे चुनावीसभाको आयोजना गरिन लागेको अध्यक्ष भण्डारीले बताए ।

You might also like