देउवा गृहजिल्ला आगमनकै दिन कांग्रेसका दुई पुर्व जिल्ला सभापती द्धारा काग्रेस विपि र स्वतन्त्र लाई सहयोग गर्ने घाोषणा

१७ कार्तिक
आसन्न निर्वाचनका लागी आफनो चुनावी सभालाई सम्बोधन गर्न गृह जिल्ला डडेल्धुरा आउन लागेका नेपाली काग्रेसका केन्द्रिय सभापति तथा प्रधानमन्त्रि शेर बहादुर देउवाको पहिलो चुनावीसभा आज दिउसो डडेल्धुराको बागबजारमा हुदैछ यसैको पुर्व सन्ध्यामा डडेल्धुरा कांग्रेसका दुई पूर्व जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विपि र स्तन्त्र उम्मेदवारहरुलाई लाई सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस डडेल्धुराका दुई पुर्व सभापति रामचन्द्र चटौत र शेर बहादुर ढाँटले निस्वार्थ रुपमा प्रतिनिधिसभा सदश्यका लागी लागी नेपाली कांग्रेस विपिको तर्फ बाट उम्मेदवार कर्ण बहादुर मल्ल र प्रदेश २ मा स्वतन्त्र उम्मेदवार डा.तार जोशी लाई सहयोग गर्ने घोषणा गरेका छन् ।
आज बिहान नेपाली कांग्रेस विपिका तर्फ बाट प्रतिनिधिसभाका उम्मेदवार कर्ण बहादुर मल्ल एबं प्रदेश सभा २ का लागी स्वतन्त्र उम्मेदवार डा.तारा जोशीको संयुक्त सचिवालय द्धारा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई जना पुर्व काग्रेस सभापतिहरुले यो सहयोग चुनाव हार्न र जित्नका लागी नभई परिवर्तनका लागी भएको भन्दै आफनो ल्याकतले भ्याए सम्म दुईजना उम्मेदवार लाई सहयोग गर्ने र सबै लाई दुई उम्मेदवारको पक्षमा मतदानको लागी पत्रकार सम्मेलन मार्फत आह्वान गरेको बताए ।
पत्रकार सम्मेलनमा दुई जना पूर्व सभापतिले प्रेश विज्ञप्ती वाचन गर्दै डडेल्धुरा कांग्रेसमा देउवाको नाममा देउवाका आसेपासे हरुले गरेको अराजकताका विरुद्ध एक हुन अनुरोध समेत गरे ।
