प्रधानमन्त्री देउवालाई डडेल्धुरा आउन आयोगले दियो शर्तसहित अनुमति

१६ कार्तिक
निर्वाचन आयोगले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ । आयोग स्रोतका अनुसार सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउनेछन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो । तर उति वेला सरकारी श्रोत र साधनको प्रयोग गरेर जान नपाईने भन्दै अनुमति दिएको थिएन ।


निर्वाचन आयोग श्रोतका अनुसार ‘उहाँ सरकारी खर्चमा जाने तयारीका साथ अनुमतिका लागि चिठ्ठी आएको रैछ । हामीले बुझ्दा उहाँ सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने निर्णय भएको हो,’ तर अहिले पार्टि तथा आफनो खर्चमा जाने भनिए पछि अनुमति दिईएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.