माओवादीका सुदूरपश्चिम इञ्चार्ज खगराज भन्छन् – दुइवटै भोट रुखमा हाल्न पाउँदा गदगद भएको छुँ

१६ कार्तिक
आशिष मल्ल, डडेल्धुरा

अहिले नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज डडेल्धुराका खगराज भट्ट हुन् । उनी तीन पटक प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध चुनाव लडेका थिए । तर पराजित भए । ०६४, ०७० र ०७४ सालमा देउवा विरुद्ध डडेल्धुरामा चुनाव लडेका भट्ट अहिले देउवाले नै नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवार छन् ।

२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा भट्ट प्रदेशसभा ‘क’ मा उम्मेदवार बनेका छन् । तर उनको घर प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा छ । सत्ता गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभाबाट झरेर प्रदेश सभामा उम्मेदवार बनेका उनी अहिले जता पनि गठबन्धनको प्रशंसा गर्छन् ।

केही समय अघि जिल्ला सदरमुकाम अमरगढीमा आयोजित गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा भट्टले देउवाको चर्चा गरेका थिए । उनले भनेकाथिए, ‘त्यतिबेला डडेल्धुरामा मैले जितेको भए र शेरबहादुरले हारेको भए यो राष्ट्रको दुरभाग्यको सुरुवातहुने थियो ।’

त्यसको केही समयपछि आईतबार मात्रै उनले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न पाउँदा आफू खुसीले गदगद भएको बताएका छन् । नवदुर्गामा आयोजना भएको कार्यक्रममा उनले आफूले माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा मतमाग्ने तर दुवै मत काँग्रेसका उम्मेदवारलाई हाल्नुपर्ने अवस्था आएको बताएका छन् ।

उक्त कार्यक्रममा नेता भट्टले भन्नु भयो म चाँही कस्तो छ भने भोट हँसिया हतौडामा मत माग्ने तर दुइवटै भोट रुखमा छप्काउनुपर्ने । यसो हुँदा मलाई कुनै हिनता छैन’ ‘आजभन्दा ४ साल अगाडि रुखमा भोट हाल भन्दा जोस आउथ्यो होला । तर आज म सम्माननीय शेरबहादुर देउवा र गोविन्द बोहराजी लाई भोट हाल्न पाउँदा भित्रैबाट गदगद भएर दुइ वटै भोट रुखमा हाल्नेवाला छु । किनकी यो गोविन्दबोहरा, शेरबहादुर देउवा र खगराज भट्टको सवाल हैन । यो राष्ट्रको सवालहो ।’

You might also like
Leave A Reply

Your email address will not be published.