सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले समुदायमा आएको परिवर्तन

१५ कार्तिक

ममता भट्ट, डडेल्धुरा

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले समुदायमा निकै परिवर्तन आएको छ। २०७८ सालमा डडेल्धुरामा सञ्चालनमा आएको यो परियोजना हाल डडेल्धुरा जिल्लाको नबदुर्गा र भागेश्वर गाँउपालिकामा लागु छ। यो परियोजनाले बिशेषगरी महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरु गर्ने गर्छ।

सामुदायिक बिकास मञ्च (सिडिएफ नेपाल) र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना कार्यक्रमले आफूहरुलाई धेरै फाइदा पुगेको परियोजना लागु भएको भागेश्वर गाउँपालिकाका महिला तथा किशोरीहरुको भनाई छ।

भागेश्वर गाउँपालिकाका गगां दमाई आमा समुहमा आवद्ध हुनुहुन्छ। उहाँ आमा समुहमा आवद्ध भइसके पश्चात धेरै कुराको बारेमा जानकारी भएको बताउनु भयो।
सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले आफुहरु जस्ता महिलाहरुलाई अहिले धेरै कुराको बारेमा जानकारी भएको सुनाउनु भयो।

पहिले–पहिले यस्ता परियोजना सुन्ने बित्तीकै दिक्क लाग्ने गथ्र्यो तर अहिले भने परियोजनाको बारेमा थाहा पाएर आफ्नै जिवनमा लागु हुँदा यो परियोजनाप्रती खुसी बनेको उहाँको भनाई छ।

‘हामिहरुको समुहमा आएर उहाँहरुले सुरक्षित गर्भपतन, परिवार नियोजनका साधनको बारेमा जानकारी तथा छलफल गराएर जानकारी दिनुभएको छ। हामिहरुलाई परीवार नियोजनको साधन कहाँ पाईन्छ रु र सुरक्षित गर्भपतन कसरी गराईन्छ भन्ने बारेमा पनि जानकारी पाएका छौ।’ उहाँले भन्नुभयो।

भागेश्वर गाउँपालिका –४ का कल्पना ठकुराठिले पनि किशोरी समुहमा आबद्ध भएर धेरै कुरा सिकेको जानकारी दिनु भयो। उहाँलाई धेरै कुरा आफ्नो हकअधिकारको बारेमा पनि थाहा थिएन। तर अहिले कुनै ठाँउमा खुलेर बोल्न र आफ्ना कुरा भन्न सक्ने भएको उहाँले बताउनु भयो।

‘हामिहरु समुहमा बसेर हाम्रो समुदायमा हुने लैङगिक हिंसा, घरेलु हिंसा, छाउपडि र सुरर्छित गर्भपतनको बारेमा छलफल गर्छौ । र आफु पनि सिक्ने र समुदायमा पनि आफ्नो हकअधिकारको बारेमा पनि जानकारी गराउछौँ।’ उहाँले निर्धक्कसंग भन्नुभयो।

यस्तै भागेश्वरकै गोमती बोहरा पनि सुरक्षित गर्भपतन तथा परीवार नियोजनको बारेमा स्वास्थ्य संस्थामा गएर खुलस्त रुपमा बोल्न र जानकारी लिन सक्नु हुन्थेन। जब सामुदायिक बिकास मञ्च (सिडिएफ नेपाल) र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना कार्यक्रमले उहाँहरुलाई गाउँघरमै गएर यि–यस्ता कुराहरुको सहजै जानकारी गरायो तब अहिले उहाँ स्वास्थ्य संस्थामा गएर आफुलाई आइपरेको समस्या ढुक्कसंग राख्न सक्नुहुन्छ।

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले भागेश्वर गाउँपालिकामा सुरक्षित गर्भपतनबारे समुहमा गएर सडक नाटक, समुहमा छलफल र बिभीन्न जनचेतनामुलक कार्यक्रम सञ्चालनपछि अहिले पालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको, परिवारनियोजनका साधनको प्रयोगकर्ताको संख्यामा बृद्धी हुनुका साथै आम महिला तथा सिमान्तकृत समुदायहरुका नागरिकहरु सचेत भएका सिडीएफ नेपालका सामुदायिक अभियन्ता दुर्गामणि चटौतले बताउनु भयो।

सुचिकृत स्वास्थ्य चौँकीमा सुरक्षित गर्भपतन गराउनेबारे जानकार :

गर्भपतन भन्दा खेरी नै लजाउने र भन्न नसक्ने अवस्था रहेको भागेश्वर गाउँपालिकामा अहिले महिला र किशोरीहरु जानकार भएका छन। यस बारेमा बिभिन्न सडक नाटक, किशोरी समुह, आमा समुहमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भएपछि अहिले सुरक्षित गर्भपतनको बारेमा महिलाहरुसंगै अन्य नागरीकहरु पनि जानकार भएका छन।

पहिले गर्भपतन गराउन प¥यो भने घरायसि जडिबुटिको प्रयोग तथा लुकीछीपी मेडिकलबाट औषधीहरु ल्याएर प्रयोग गरी ज्यानै जोखीममा पार्ने यहाँका महिलाहरु अलिे भने यसप्रती सचेत छन। र सुचिकृत स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित गर्भपतन गराउने गरेका छन। जसले गर्दा अहिले डडेल्धुरा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ।

गाँउपालिकाको सहकार्यमा कार्यक्रम झन प्रभाबकारी :

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनालाई भागेश्वर गाउँपालिकाको पनि राम्रो सहयोग छ। यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन र निरन्तरता दिनको लागि गाउँपालिकाले पनि सहयोग गर्ने गरेको छ।

बिगतका दिनमा गाउँपालिकाको स्वास्थ्य शाखामा महिलाहरु बिभीन्न समस्या लिएर आउने तर भन्नै नसक्ने परिस्थितिले उपचारमै समस्या हुने गरेको भएपनि अहिले त्यो समस्या हटेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहु बताउनु हुन्छ । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन, दिगो रुपमा सञ्चालन गर्नको लागि पनि भागेश्वर गाँउपालिकाले प्रयास गरेको उहाँले बताउनु भयो ।

सुरक्षित गर्भपतन सेवा भागेश्वर गाउँपालिकाको बगरकोट स्वास्थ्य चौँकी, भागेश्वर स्वास्थ्य चौँकी र रुपाल स्वास्थ्य चौँकीमा पाईन्छ। उक्त स्वास्थ्य संस्थाबाट पछिल्लो ३ महिनाको अवधिमा २९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन। गर्भपतन पश्चात पनि परिवार नियोजनको साधन प्रयोग गर्नेहरुको सख्या बढेको भागेश्वर स्वास्थ्य शाखाले बताएको छ ।

यो परियोजनाले स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि तालिम दिएर सहयोग गरेको बताउनु भयो । यो परीयोजनाले पालिकामा निकै ठुलो योगदान दिएको छ र अझ यि यस्ता परीयोजना पालिकामा आवश्यक रहेकोमा उहाँको जोड छ ।

महिलाको प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित गर्नको लागि पालिमा यसले निकै ठुलो योगदान दिएको भागेश्वर गाँउपालिकाका अध्यक्ष हेमराज चटौतले बताउनु भयो ।

You might also like