अवैध लागूऔषध सहित पक्राउ

फाईल फोटो

१५ कार्तिक
टिकापुर नगरपालिका वडा नं. ९ स्थित नेपाल भारत सिमानाका खक्रौला चेक
पोष्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २३ ग्राम ४ सय १० मिलिग्राम
सहित सोही नगरपलिकां वडा नं. १ खड्क चोक बस्ने २५ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्याल र प्रहरी चौकी कालाकुण्डाबाट
खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउने क्रममा साईकलमा बोकेर
ल्याएको आलुको बोरा भित्र लुकाएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ
गरेको हो ।
यसै गरी बेलौरी नगरपालिका वडा नं. १० भुडा स्थित सडकबाट अवैध लागूऔषध खैरो
हेरोईन जस्तो पदार्थ ९५० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लाफाँटा नगरपालिका वडा नं.४ झलारी बस्ने २३ वर्षीय हरेन्द्र
कुँवर, सोही नगरपालिका वडा नं.११ कलुवापुर बस्ने १८ वर्षीय किशोर र कैलाली धनगढी
उउपमहानगरपालिका वडा नं. २ मिलनचोक घर भएका २२ वर्षीय सुदिप धामी रहेका छन् । प्रहरी
चौकी भुडाबाट खटिएको प्रहरीले सु.प.प्र०१००९ प ९९५१ नम्बरको मोटरसाइकललाई
जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको
हो ।

You might also like
Leave A Reply

Your email address will not be published.