डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्न देउवा आउदै

१४ कार्तिक
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराका विभिन्न ७ स्थानमा आयोजना हुने चुनावीसभा लाई सम्बोधन गर्न यहि कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा आउने भएकाछन् । देउवा १७ गते आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा पुगेर १७ देखी २० गते सम्म डडेल्धुराका विभिन्न ७ ठाउँमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

१७ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रमको सुरुवात गरि कार्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा आयोजना हरने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

ती सभालाई प्रदेशसभा १ का उम्मेदवार खगराज भट्ट र २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी गरिएको छ ।

You might also like