७ कार्तिक
पूर्वि नेपालका तिन जना युवाहरुले हिजो आईतवार वाट महाकाली–मेची साईकल यात्रा सुरु गरेका छन् ।
उदयपुरको त्रीयुगा नगरपालीका वडा नम्बर ११ का अबोध नारायण चौधरी, वडा नम्बर ७ का आङ पासाङ शेर्पा र काठमाडौंका कृष्ण अधिकारीले आइतबार महाकाली पुलबाट महाकाली – मेची साइकल यात्रा सुरु गरेका हुन् ।
हिजो महाकाली पुल बाट सुरु भएको साईकल यात्रा कात्तिक १५ गते मेचि पुलमा पुगेर यात्रा टुंग्याउने साईकल यात्रीहरुले बताएका छन् । उक्त साईकल यात्रको नेतृत्व अबोध नारायण चौधरीले गरेका छन् । स्वास्थ्यका लागी साइकल भन्ने मुल नाराका साथ सुरु गरेको साईकल यात्राको अर्काे उद्देश्य आन्तरीक पर्यटन प्रर्वद्धन गर्ने रहेको साईकल यात्री रहेको चौधरीले बताए ।
विविध खालका धेरैजसो इभेन्टहरु मेचीबाटै सुरु हुने हुदा त्यसमा नयाँपन ल्याउँदै आफुहरुले महाकाली – मेची यात्रा सुरु गरेको उनले बताए । चौधरी त्रियुगा नगरपालीकाको स्वास्थ्य शाखाका कर्मचारी समेत हुन ।
त्यसैगरी टोलीमा रहेका अधिकारी उदयपुरको गाइघाटमै रहेको नेपाल टेलीकमका कर्मचारी हुन भने शेर्पा उदयपुरमै रहको प्लान्टेसन कम्पनीका संचालक हुन् । उनीहरु तीनैजना तिहार बिदाको समय मिलाएर साइकल यात्रामा निस्केका हुन् ।
साईकलयात्रा को क्रममा कैलालीको अत्तरिया पुगेका साईकलयात्री हरु लाई फारवेस्टर्न राईडर्सको तर्फ बाट साईकलयात्री भरत विक्रम शाह र वालसाईकल यात्री रिशव शाहले स्वागत तथा विदाई गर्नु भएको थियो ।
उक्त कार्यक्रममा साईकल यात्रीहरुले यसरी साईकलयात्रामा निस्किदा विभिन्न स्थानहरुमा विभिन्न व्यक्तित्वहरु संग भेटघाट तथा चिनजान भई चाईचाराको सम्बन्ध विस्तार हुने बताउदै फारवेस्टर्न राईडर्सको स्वागत तथा विदाई ले आफुहरुलाई उत्साहित पारेको बताउदै यहाँका साईकल यात्रीहरु लाई उदयपुर आउनको लागी निमन्त्रणा दिएका थिए ।