खुल्यो प्याराग्लाईडिंग माथिको प्रतिबन्ध, ५ सर्त पालना गर्नुपर्ने

६ कार्तिक
नवौँ राष्ट्रिय खेलकुदको क्रममा असोज ३० गते त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्यु भएपछि प्याराग्लाईडिंग उडान माथी लगाईएको प्रतिवन्ध हिजोबाट खुलेको छ । विभिन्न ५ वटा सर्तहरु पालना गर्नुपर्ने गरि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो।

के के छन् ५ वटा सर्तहरू
१. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यावसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन।

२. आगामी १५ दिनभित्र हवाइ खेलकुद सङ्घ, नेपालबाट प्याराग्लाइडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल९२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

३.व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ।

४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर९वर्दिनेस इन्स्पेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने।

५. पाइलटको ‘रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस.आइ.भी’ तथा आपतकालीन अवस्थामा ‘ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एक पटक गर्ने।

You might also like
Leave A Reply

Your email address will not be published.