६ कार्तिक
तिहारको मुखैमा नेपाल सरकार ले प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि नगर्न आग्रह गरे पनि डडेल्धुरा जिल्ला सदरमुकामका पसलहरु प्लास्टिकजन्य फुलमालाहरु बाट सजिएका छन् । नेपाल सरकार वातावरण विभागले प्लालाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाए पनि वजारमा डडेल्धुरा सदरमुकाममा त्यसको वेवास्ता गरिएको छ ।
सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो ।
विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको पनि स्मरण गराएको छ । राजपत्रमा सूचना निकालेर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएकाले चाडपर्वमा यस्ता प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न आग्रह गरेको ।
नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले जनाएको छ ।
हिजो शनिबार डडेल्धुराको आलिताल गाउँ पालिकाको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय डडेल्धुरा,खाद्य प्रबिधी तथा गुण नियन्त्रक कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयुक्त सहभागितामा आलितालको बिभिन्न बजारमा अनुगमनको क्रममा फेला परेको प्लाष्टिकका फुलका मालाहरु बरामत गरि नष्ट गरिएको भएता पनि जिल्ला सदरमुकाममा भने छ्याप छ्याप्ती प्लास्टिकका मालाहरु सजाईएका छन् ।