प्रधानमन्त्रीको गृहजिल्लामा कांगेस वडा समिति द्धारा निर्वाचन वहिस्कार

६ कार्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । यहि मिति २०७९ कार्तिक १ गतेको निर्णयले भागेश्वर गाउँपालिका वडा नं. ५ मा चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ जनाईएको । बहुमतबाट निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले बताए ।

“मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,”

विज्ञप्तिमा भनिएको छ, “साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्लास्तरका कुनै पनि कांग्रेसका नेताहरूसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ

You might also like