आज बाट तिहार सुरु : काग तिहार र धन्वन्तरी जयन्ती आजै

६ कार्तिक
यस वर्षको यमपञ्चक अर्थात तिहार पर्व सुरु भएको छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशी देखी कात्तिक शुक्ल द्धीतीयासम्म यो चाड मनाइने गरिन्छ । शनिबार साँझ यमराजलाई दीपदान दिएपछि यमपञ्चक सुरु भएको हो । शनिबार विहानदेखी दिउसोसम्म द्धादशी तिथी भएपनि अपराह्न ४ बजेर ३४ मिनेटमा त्रयोदशी तिथी लागेकाले यमपन्चक पनि त्यही समयबाट सुरु भएको नेपाल पन्चाङ्ग निर्णायक समितीले जनाएको छ ।

समितीका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार कर्मकाल अनुसार कर्म गर्नुपर्ने भएकाले यमदीपदान शनिबार साँझ नै गरिएको छ । यद्यपी त्रयोदशीमै गरिने काग बलि भने विहानको समयमा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आइतबार मनाउन लागीएको उनले बताए । परिवारका सदस्य संख्याका आधारमा त्रयोदशीदेखी भाइटीकाका दिन हरेक साँझ यमदिप दान गरिन्छ । आफ्ना परिवारका सदस्य सबैका निम्ती मरेपछि सुख शान्ति प्राप्त होस् भन्ने कामनाका साथ यमराजका निम्ती दीप बाल्ने चलन रहेको पंडित माधव प्रसाद शर्मा बताउँछन् । समितीका अध्यक्ष प्रा अधिकारीले शनिबारै काग तिहार र धन्वन्तरी जयन्ति परेको बताए ।

सोमबार विहानदेखी अपराह्न ५ बजेर ४ मिनेटसम्म चर्तुदशी तिथी भएकाले यही दिन विहान कुकुर तिहार , नर्के चर्तुदशी मनाइदैछ भने यही दिन साँझ औशीँ तिथी पर्ने भएकाले लक्ष्मी पूजा मनाइँदैछ । झिलीमिली , फुलैफुल र रंगीचङ्गीको चाड तिहारलाई यमपन्चक पनि भनिन्छ । कागतिहारदेखि ५ दिन मनाइने तिहारको मुख्य दिन भाईटीका हो । यसको शुभ साईत विहान ११ बजेर २७ मिनेटमा रहेको छ ।

आज काग तिहार

यम पन्चकको पहिलो दिन आइतबार काग तिहार मनाइदैछ । हरेक वर्षको कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । कागलाई यमदूतको रुपमा पनि पुज्ने चलन रही आएको छ । यमराजले मानिसको मृत्युपछि उसको कर्मका आधारमा सजाय दिने हुनाले कागले सहि सन्देश देओस् भन्ने हेतुले कागबली दिने चलन छ ।

अत्यन्त चलाख पक्षीका रुपमा रहेको कागलाई सन्देशको बाहक मानिन्छ । कागलाई मिठा मिठा खानेकुरा खान दिई पुजा गरेर काग तिहार मनाइने चलन छ । पौराणिक कथा अनुसार कागले सन्देशवाहकका रुपमा मानवजातिलाई सहयोग गरेको मान्यता अनुसार कागलाई पुज्ने गरिन्छ । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा९फट्याङग्राहरू खाइदिन्छ । कागलाई हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विभिन्न शब्दले जोड्ने गरिन्छ ।

खुसीयाली र उमङ्ग बोक्ने चाड तिहारमा देउसी भैलीको रमझम , घरघरमा गरिने दीपावली , विभिन्न फुलको प्रयोग , विभिन्न पशुपंक्षीको पुजा एवं दाजुभाई तथा दिदी बहिनीको माया स्नेह यो चाडले झल्काउने गरेको छ । तर यसपाली कोरोना भाइरसको कारण सबै नेपालीलले सर्तक र सजग भएर विगतका वर्षभन्दा फरक तरिकाले संस्कृती धान्नुपर्ने देखीएको छ ।

धनवन्तरी जयन्ति आज

कार्तिक कृष्ण त्रयोदशीकै दिन शनिबार आर्युवेदका प्रणेता धनवन्तरी जयन्ति पनि मनाइदै छ । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाउने गरिन्छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरीलाई भगवान विष्णुको अंशको रुपमा लिने गरिन्छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गरेका छन् । आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवीको स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विक्रम संवत् २०५६ सालदेखि मनाउन थालिएको छ ।यस्तै धनतेरस पर्वका दिन शनिबारै मनाइएको छ । यसदिनमा देवी लक्ष्मीलाई मनपर्ने भाडाकुँडा खरिद गर्ने प्रचलन पछिल्लो समय आएको छ ।

नेपाल पन्चाङ्ग निर्णायक समितिका अनुसार कार्ति ७ गते कुकुर पूजा तथा लक्ष्मी पूजा कात्तिक ८ गते गाईपुजा, कात्तिक ९ गते गोरु पूजा, गोवद्र्धनपूजा र म्हः पूजा परेको छ । यसैदिन नेपाल संवत् ११४३ पनि सुरु हुनेछ । समितीका अनुसार भाईटीका तथा किजापूजा कार्तिक १० गते बिहीबार परेको छ ।

-राजधानी दैनिक

You might also like
Leave A Reply

Your email address will not be published.