३ कार्तिक
हिजो बझाङ जिल्लाको को मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा मस्टा गाँउपालिकामा शोक विदा दिइएको छ।
जिप दुर्घटनामा पालिकाका आठ जनाको मृत्यु भएपछि शोकमा मष्टा गाउँपालिकाले बिहीबार विदा दिएको हो। मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको बताइएको छ।
बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जिप दुर्घटना भएको हो।