ट्र्याक्टर दुर्घटनामा चार जनाको ज्यान गयो

२ कार्तिक

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ याम्फेवा खोला नजिक ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

गएराति भएको दुर्घटनामा ट्र्याक्टर चालक मैवाखोला वडा नम्बर–५ काम्सङका ३१ वर्षीय पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला–४ ओदक का वर्ष २२ का शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको ज्यान गएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । ट्र्याक्टर सडकबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार गएराति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्र्याक्टर पल्टिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.