देशका विभिन्न भागमा हल्का बर्षा हुन सक्ने

१ कार्तिक
जल तथा मौषम विज्ञान विभाग अन्तर्गत मौष पुर्वानुमान शाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.