३१ असोज
डडेल्धुरामा पनि ६७ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ। नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै प्रत्येक वर्ष आजका दिन प्रहरी दिवस मनाइदै आएको छ ।
प्रहरी दिवसको अवसर पारि जिल्ला प्रहरी कार्यालय डडेल्धुराको परिसरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा चढाई अमर सहिदहरु को सम्मान गरिएको थियो भने एक कार्यक्रमका विच अमर प्रहरीका परिवार, उत्कृष्ट प्रहरी कर्मचारी र ज्येष्ठ प्रहरीलाई सम्मान गरिएको गरिएको छ ।
अमर प्रहरी बासुदेव भट्ट, दीलबहादुर ऐर, धर्म मल्ल, देवदत्त बडू र टेकबहादुर शाहीका परिवार तथा ज्येष्ठ प्रहरी २०४० सालमा अवकास पाएका पदमराज पन्तलाई सम्मान गरिएको थियो।
प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेय र भीमराज भट्ट, प्रहरी वरिष्ठ हवल्दार पदमबहादुर बलायर, प्रहरी हवल्दार अम्वादत्त जोशी, प्रहरी सहायक हवल्दार मिरा धामी, प्रहरी जवान कृष्णदत्त बडू र लक्ष्मण सार्कीलाई नगदसहित पुरस्कृत गरिएको छ।
कार्यक्रममा सुरक्षा निकाय प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।