३० असोज
आसन्न मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९का लागी सुरक्षार्थ खटिनको लागी छनौट भएका म्यादी प्रहरीहरुको तालिम आज बाट डडेल्धुरामा सुरु भएको छ ।
विभिन्न चरणको छनौट पश्चात जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहत भर्ना गरीएका म्यादी प्रहरीहरुको लागी प्रदान गरिने १० दिने कार्यवधी म्यादी प्रहरी तालिमको उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ मनोहर प्रसाद भट्ट गर्नुभएको हो ।
उक्त तालिममा निर्वाचन अवधीभर अपनाईने सुरक्षाको बारेमा तालिम दिईनेछ भने तालिम कार्यक्रमको उद्घाटनकै क्रममा म्यादी प्रहरीको नियुक्ति पत्र पनि हस्तान्तरण गरिएको थियो ।