
३० असोज
भुकम्पिय सुरक्षा एवं पूर्वतयारी सम्बन्धि टेवुल टप कृतिम अभ्यास कार्यक्रम अमरगढी नगरपालीमा सम्पन्न भएको छ ।
नगरपालिकाभित्र घट्न सक्ने विभिन्न प्रकृतिका विपद्हरुको पूर्वतयारी र प्रभावकारी रूपमा प्रतिकार्यका लागि समन्वयकारी भूमिका गर्न सकिने अवधारणा अनुरुप १ दिने टेवल टप कृतिम पूर्वअभ्यास कार्यक्रम सम्पन्न गरीएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिती, अमरगढी नगरपालीका र बिभिन्न सरोकारवाला निकायका क्षेत्रगत जनशक्ति ले विपद् प्रतिकार्यका दौरानमा गर्न सकिने भुमीकाहरु, विपद् पूर्व, पश्चात र दौरानका अभ्यासहरुलाई समेटी यो कार्यक्रम संचालन गरीएको थियो ।
कार्यक्रममा अमरगढी नगरपालीकाका बन वातावरण तथा विपद् व्यवस्थापन संयोजक खडक बोहराको सभापतीत्वमा संचालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालीका नगर प्रमुख डिल्ली राज जोशी, बिशिष्ट अतिथि नगर उपप्रमुख पार्वती झुकाल तथा प्रमुखजिल्ला अधिकारी एवं अतिथिको रुपमा जिल्ला स्थित चार वटै सुरक्षानिकायका प्रमुख, अमरगढी नगरपालीका अन्र्तगतका सम्पूर्ण शाखाका शाखाप्रमुखहरु, नेपाल रेडक्रस डडेल्धुरा शाखा, पत्रकार महासंग, गै.स.स महासंग एवं सरोकारवालानिकायहरुको उपस्थीती रहेको थियो ।
विपद्को पुर्वतयारी, प्रतिकार्य चरणलाई प्रभावकारी व्यवस्थापन, तथा आपतकालिन अवश्थामा समन्वय गरी विपद् पुर्वतयारी र प्रतिकार्यका लागि नगर, जिल्ला, प्रदेश र संघ संग आवश्यक सहयोग तथा विभिन्न सूचना सङ्कलन गरी सम्पादन गर्न र मानवीय सहायता सम्बन्धी आवश्यकता पहिचान गरी कार्य गर्न यस कार्यशालाले महत्वपूर्ण भुमीका खेल्ने कुरा कार्यक्रमका प्रमुख अतिथि एवं अमरगढी नगरपालीकाका नगरप्रमुख डिल्ली राजजोशीले बताउनुभयो ।
डडेल्धुरा जिल्ला भुकम्पीय दृष्टीकोणले एकदमै जोखिममा रहेको र विपद्को क्षेत्रमा काम गर्ने सम्पूर्ण निकाहरुको सहयोग रहेमा हामी विपद् व्यवस्थापन गर्न सक्षम रहन्छौ साथै नगर आपतकालनिकार्य संचालन केन्द्र, जिल्ला आपतकालिन कार्य संचालन केन्द्र एवं नेपाल सरकार राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द बिचको निरन्तर समन्वय र सफल संचालनले विपद् प्रतिकार्यका गतिविधिहरू गर्न सहजहुने कुरा कार्यक्रमका बिशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीज्यूले बताउनुभयो ।
यसका साथै कार्यक्रमका अन्य बक्ताहरुले अमरगढी नगरपालीकाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि सही सूचना र सञ्चार प्रविधि, मानवीय संशाधनको उचित परिचालन, विपद् प्रतिकार्यमा संलग्न सरोकारवाला विच प्रभावकारी समन्वय गर्नुका साथै नियमित रूपमा बिपद् व्यवस्थापनका कार्यहरुमा आमजन समुदायहरुलाई झक्झक्याउने एवं भुकम्पीय पूर्वतयारीका गतीविधि संचालनमा सहयोग गर्नुपर्ने कुरा ब्यक्तगर्नुभएको थियो ।
कार्यक्रम समापन समारोहमा अमरगढी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रशाद उपाध्यायज्यूले यस महत्वपूर्ण कार्यक्रममको आयोजनामा सघाउने यु.एन.डि.पि. र रुडुक डडेल्धुरा लाई धन्यवाद दिनुका साथै उपस्थीत सम्पूर्ण प्रति आभारी रहेको कुरा वताउनुभयो । यो एक दिने भुकम्पीय पूर्वतयारी नमुना टेबुल टप अभ्यास कार्यक्रम अमरगढी नगरपालीका संगको समन्वयमा यूरोपेली आयोगको आर्थिक, यु.एन.डि.पि. नेपालको प्राविधिक एवं स्थानीय साझेदार संस्था रुडुक डडेल्धुरा द्धारा संचालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी सुपर परियोजना मार्फत गरीएको कुरा रुडुक डडेल्धुरा कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो ।
