नवौँ राट्रिय खेलकुदमा प्याराग्लाईडिंग दुर्घटना, देशभर उडान बन्द गर्न निर्देशन

३० असोज
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना भएपछि सरकारले देशैभर प्याराग्लाइडिंगको उडान बन्द गर्न निर्देशन दिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि खेलाडी निशिम थापामगरको दुर्घटनापश्चात् मृत्यु भएपछि तत्काललाई यो खेल बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार प्याराग्लाइडिंग सम्बन्धी अर्को व्यवस्था नभएसम्म प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरिएको छ ।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्फबाट सहभागी २६ वर्षीय निशिमले पोखरा सराङकोटबाट उडान भरेका थिए । तर, उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगेपछी उनको धिन भएको थियो ।
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी र्भका निशिम को स्थाई ठेगाना गोरखा पालुङटार स्भए पनि हाल पोखरा– १० का बासिन्दा हुन् ।

You might also like
Leave A Reply

Your email address will not be published.