भिम रावलले एमाले नछाड्ने

२७ असोज
मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा टिकट खोसिएका नेकपा एमालेका नेता डा.भिम रावलले तत्काल पार्टी नछाड्ने भएका छन् ।
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदश्यका लागी सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने बताएका हुन्।

ओलीमाथि दर्जनौँ आरोप लगाएका उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.