आसन्न मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी डडेल्धुररामा विभिन्न दल तथा स्वतन्त्र गरि डडेल्धुरा बाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी जम्मा २५ जनाले उम्मेदवारी दर्ता गराएकोमा ५ जनाले फिर्ता लिएका छन् ।
डडेल्धुरा बाट प्रतिनिधि सभाका लागी का लागी विभिन्न राजनैतिक दल बाट ६ तथा स्वतन्त्र ५ गरि जम्मा ११ जनाले उम्मेवारी दर्ता गराएका थिए । यसै गरि प्रदेश तर्फ जम्मा १४ जनाको उम्मेदवारी परेको थियो । प्रदेश तर्फ क मा ६ जना तथा प्रदेश ख तर्फ ८ जनाको उम्मेदवारी परेको थियो ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रदेशसभा क मा काँग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा ख मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा ३ जनाले उम्मेदवारी फिर्ता लिएसंगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभा सदस्यतर्फ १२ जना उम्मेदवार रहेका छन्।