२६ असोज
आसन्न मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी डडेल्धुराको चुनावि मैदानमा २७ वर्षे युवा देखी ८४ बर्षिय बृद्ध सम्म उत्रिएका छन् ।
विभिन्न दल तथा स्वतन्त्र गरि डडेल्धुरा बाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी जम्मा २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
डडेल्धुरा बाट प्रतिनिधि सभाका लागी का लागी विभिन्न राजनैतिक दल बाट ६ तथा स्वतन्त्र ५ गरि जम्मा ११ जनाले उम्मेवारी दर्ता गराएका छन । यसै गरि प्रदेश तर्फ जम्मा १४ जनाको उम्मेदवारी परेको छ । प्रदेश तर्फ क मा ६ जना तथा प्रदेश ख तर्फ ८ जनाको उम्मेदवारी परेको छ ।
डडेल्धुराको चुनावि मैदानमा सबै भन्दा कम उमेरका उम्मेदवार प्रदेश क वाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका महेश सिँ धामी छन उनि अहिले जम्मा २७ बर्षका भएका छन त्यसै गरी प्रदेश सभा क बाट नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका धन बहादुर बोहरा ३० बर्षका हुन ।
प्रतिनिसभा सदश्यका लागी स्वतन्त्र बाट उम्मेदारी दिएका कर्ण सिँह रावल डडेल्धुराको चुनावि मैदानमा सबै भन्दा पाका उम्मेदवार हुन , मम्याल उपनामले चिनिने रावल ८४ बर्षका हुन । प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका ११ जना मध्ये सबै भन्दा कम उमेरका शागर ढकाल हुन उनि ३१ बर्षका भए । आज उम्मेदवारी फिर्ता लिने दिन भएकोले को को निर्वाचनमा लड्नेछन भन्ने टुंगो लाग्नेछ ।