देउवाको उम्मेदवारी रद्द गर्न मल्लको उजुरी, नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक

२४ असोज
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। सोमबार देउवाको निर्वाचन क्षेत्र डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

नेपाली काँग्रेस बिपीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारेजजको माग गर्दै उजुरी पेस गरेका छन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्।

नागरिकताको प्रतिलिपि तथा मतदाता परिचयपत्रको प्रतिलिपि अनुसार देउवाको नागरिकतामा जन्ममिति बिक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। यता, निर्वाचन अधिकृतको कार्यालयले भने यस विषयमा भोलिसम्म निर्णय लिइने जनाएको छ

You might also like