डडेल्धुरा प्रदेश ख मा डा.तारा जोशीको स्वतन्त्र उम्मेदवारी

२३ असोज
नेकपा समाजवादीका केन्द्रिय सदश्य डा.तारा जोशीले डडेल्धुरा प्रदेश ख बाट प्रदेशसभा सदश्यका लागी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
आफुले विगतमा डडेल्धुराका विकासका लागी तय गरेका एजेण्डाहरु कार्यान्वय गर्न र डडेल्धुरा मात्र नभई सुदुरपश्चिम प्रदेश र समग्र नेपालको विकासका लागी आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

सत्तागठबन्धनमा डडेल्धुराको प्रदेश खमा नेकपा समाजवादीको दावी रहेको थियो भने अन्तिम सम्म प्रदेश ख बाट नेकपा समाजवादीका डा. तारा जोशी ले टिकेट पाउने हल्ला भए पनि अन्तिम समयमा आएर नेपाली कांग्रेसका नेता एबं सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रिले टिकेट पाए पछि डा. जोशी ले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन ।

राजनितिमा लामो समय विताउनु भन्दा पनि छोटो समयमा धेरै काम गर्नुपर्ने बताउदै डा.जोशीले यो मेरो लागी उत्तम समय लागेर उम्मेदवारी दर्ता गरेको बताउनु भयो । डा.जोशी २०७४ को निर्वाचनमा प्रदेश ख मा तत्कालीन नेपाली कांग्रेसका कर्ण बहादुर मल्ल संग झिनो मतले पराजित भएका थिए ।

You might also like