नेपाली कांग्रेस विपिका कर्ण मल्लले गराए उम्मेदवारी दर्ता

२३ असोज
आसन्न निर्वाचनको लागी प्रतिनिधिसभा सदश्यका लागी डडेल्धुराबाट नेपाली कांग्रेस विपिका कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेस (बीपी)का केन्द्रिय वरिष्ठ उपाध्यक्ष मल्लले आफना शुभचिन्तक तथा पार्टिका नेता कार्यकर्ताहरु सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी प्रतिनिधिसभाका लागी उम्मेदवारी दर्ता गराएका हुन्।
नेता मल्लको समर्थकमा रोहित देउवा र प्रस्तावकमा कृष्णदत्त जोशी रहेका छन्। मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति तथा सुदुरपश्चिम प्रदेशसभाका लागी नेपाली कांगेस डडेल्धुराको तर्फ डडेल्धुरा प्रदेश ख बाट निर्वाचित पुर्व प्रदेश सभा सदश्य समेत हुन्।

यस अघि प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता भईसकेको छ । अहिले सम्म डडेल्धुरा बाट प्रतिनिधिसभा सदश्यका लागी प्रधानमन्त्रि एबं नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा, नेपाली कांग्रेस विपिका केन्द्रिय बरिष्ठ उपसभापति कर्ण बहादुर मल्ल, राप्रपा का गोविन्द राज खडायत, स्वतन्त्र बाट कर्ण सिँह रावल र सागर ढकाल ले आफनो मनोनयन दर्ता गरिसकेका छन भने नेकपा एमालेका नेता बिक्रम बहादुर शाहीले स्वतन्त्र बाट आफनो मनोनयन दर्ता गरेका छन्।

You might also like