डा.आरजु राणा द्धारा प्रधानमन्त्रि देउवाको मनोनयन दर्ता

२३ असोज

आसन्न निर्वाचनका लागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ डा.आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो ।

नेपाली कांग्रेस डडेल्धुराका ल्लिा सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।

दिउसो ३ वजे सम्म डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का नेता विक्रम शाही ले स्वतन्त्र बाट उम्मेदवारी दर्ता गर्नुभएको छ भने स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र राप्रपाका गोविन्दराज खडायतले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उम्मेदवारी दर्ताको लागी ३ वजेको समय लिएको नेपाली कांग्रेस बीपीका तर्फबाट नेपाली कांग्रेस विपिका केन्द्रिय बरिष्ठ उपसभापती, नेपाली कांग्रेस डडेल्धुराका पुर्व पार्टि जिल्ला सभापति एबं सुदुरपश्चिम प्रदेशका पुर्व प्रदेशसभा सदश्य कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गर्ने जानकारी नेपाली कांग्रेस विपिले दिएको छ ।

You might also like