देउवाको उम्मेदवारी डा.आरजुले दर्ता गर्ने

२३ असोज
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ताका लागि डडेल्धुरा नआउने भएका छन्। कार्यव्यस्तता का कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला नआउने भएका हुन्। देउवा आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट चुनाव लड्दै छन् ।

वारेसनामा मार्फत् देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी डा. आरजू राणा देउवाले दर्ता गराउँदै छिन्। कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजू देउवाको मनोनयनपत्र दर्ता गर्न शनिबार साँझ डडेल्धुरा आइपुगेकी हुन्।

आइतबार दिउँसो २ बजे देउवाको मनोनयन हुने कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए। देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन्। यहाँबाट चुनाव जित्दै अहिले पाँचौंपटक देशको प्रधानमन्त्री छन्।

देउवाविरुद्ध चुनावी मैदानमा यसपटक दुई नयाँ अनुहार छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति तथा पुर्व प्रदेश सभासदश्य कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन्। मल्ल एमालेको समर्थनमा नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा होमिएका हुन्।

You might also like