मुख्यमन्त्री भट्टले पाएनन् टिकट, उनकै स्वकिय सचिवले पाए

२३ असोज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आसन्न निर्वाचनका लागी टिकटबाट वञ्चित भएका छन् । डोटीबाट प्रतिनिधिसभाका लागी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका तथा प्रदेशसभा सदस्यमा समेत उम्मेदवारको आकांक्षी रहेका सुदूरपश्चिमका मुुख्यमन्त्री त्रिलोचन भट्ट टिकट बाट बञ्चित भएका हुन् ।

मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले प्रदेशसभा सदस्यमा टिकट पाएका छन् । ओलीले मुुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी (ख) बाट टिकट पाएका छन् ।

You might also like