
२३ असोज
स्थानिय सरकारहरुको विश्व सम्मेलनमा भाग लिन डडेल्धरा जिल्ला अजयमेरु गाँउपालिकाका प्रमुख उमेश प्रसाद भट्ट विकास हिजो साँझ दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
गाँउपालिका प्रमुख भट्ट दक्षिण कोरियाको डाएजीओन सहरमा अक्टोवर १० देखी १४ सम्म आयोजना हुन लागीरहेको युनाईटेड सिटिज अफ लोकल गभर्मेन्ट (युसिएलजि)को विश्व सम्मेलनमा भाग लिनका लागी दक्षिण कोरिया प्रस्थान गरेका हुन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७९ असोज ९ गते माननिय मन्त्रि ज्यू स्तरको निर्णयले अध्यक्ष भट्टको दक्षिण कोरियाको भ्रमण लाई स्विकृती दिएको थियो । सन २००४ मा पहिलो विश्व सम्मेलन फ्रान्सको राजधानि पेरिषमा भएको थियो भने पछिल्लो विश्व सम्मेलन सन २०१६ मा कोलम्वियाको बोगोटा सहरमा भएको थियो ।
संसारका ८० देश बाट करिव ३२०० जनाको सहभागीता रहने उक्त विश्व सम्मेलनमा ९१ भन्दा बढी विषयमा छलफल हुनेछ । ३५० भन्दा बढी बक्ताहरुले विभिन्न क्षेत्रगत विषयमा आफना भनाई राख्ने अपेक्ष गरिएको उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघका पुर्व महासचिव वान कि मुन , विश्व स्वास्थ्य संगठनका टेड्रोस आधानोम का साथै संयुक्त राष्ट्र संघिय विपद जोखिम न्यूनिकरण विभागका सचिवालय प्रतिनिधि मामि मिजुतोरी लगायतका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन् ।
कार्यक्रम समापन भए पश्चातको एक दिन दक्षिण कोरियामा रहेका नेपालीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले बताउनुभएको छ ।
