डडेल्धुराको विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

फाईल तस्विर

२३ असोज
अविरल वर्षाको कारण आएको पहिरोको कारण सुदूरपश्चिमका मुख्य दुई राजमार्ग अवरुद्ध भएका छन्। डडेल्धुरा अन्तर्गत पर्ने भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।

लगातारको वर्षाका कारण सुदूरपहाडका राजमार्ग तथा ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत सेवासमेत अवरुद्ध हुँदै आएको छ।

उक्त सडक खण्ड केही दिन पहिले पनि पहिरोको कारण अवरुद्ध भएको थियो । जल तथा मौषम विज्ञान विभाग ले अझै केही घण्टा सुदुरपश्चिममा भारि वर्षा हुने पुर्वानुमान गरेको छ भने बाढी र पहिरोको खतरा हुन सक्ने भन्दै सचेत हुनको अनुरोध गरेकोछ ।

You might also like