सुदुरपश्चिममा अझ ६ घण्टा भारि वर्षा हुन सक्ने

२३ असोज
सुदुरपश्चिममा बिगत केही दिन देखि भईरहेको भारि बर्षा अझ लम्बिने जनाएको छ । जल तथा मौषम विज्ञान विभागको कार्यालय कोहलपुर ले दिएको सुचना अनुसार डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा अझै ६ घण्टा भारि वर्षा हुने पुर्वानुमान गरिएको सुचना प्रकासित गरेको छ ।

जल तथा मौषम विज्ञान विभागको कार्यालय कोहलपुर ले आफनो फेसबुक पेजमा बिहान ६ बजे दिएको सन्देश अनुसार दिउसो १२ बजे सम्म भारि वर्षा हुने अनुमान गरिएको छ ।

भारि वर्षाका कारण कान्द्रा, मोहना,खुटीया,सुहेली,चौधर,रंगुनन,पन्तुरा लगायत तिन वटा जिल्लाको साना खरहे खोलाहरुमा एक्कासी बाढी आउन सक्ने,भिरालो जमिनमा पहिरो जान सक्ने,होचा स्थानमा डुवान हुन सक्ने भन्दै दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउनको लागी अनुरोध गरिएको छ ।

You might also like