डडेल्धुरामा गठबन्धनका उम्मेदवारको टुंगो

२२ असोज
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सत्ता गठबन्धनका उम्मेदवारको टुंगो लागेको छ।

प्रतिनिधिसभामा शेरबहादुर देउवाले चुनाव लड्ने भएका छन्। डडेल्धुरा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खग राज भट्ट उम्मेदवार बन्ने भएका छन्। उनी २०६४, ०७० र ०७४ मा तीनपटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए।

प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट गोविन्दराज बोहरा उम्मेदवार बन्ने छन्। उनी हाल सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकासमन्त्रीसमेत छन् बोहरा २०७४ सालको निर्वाचनमा नेपाली कांगेसको तर्फ बाट समानुपातिक सभाषद हुन । ०४८ सालदेखि देउवा डडेल्धुरामा निरन्तर चुनाव जित्दै आएका छन्।

भोलि निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुनेछ भने अहिले सम्म प्रतिनिधिसभा का लागी नेपाली कांग्रेस विपिको तर्फ बाट बरिष्ठ उपसभापति कर्ण मल्ल र गुल्मीका युवा सागर ढकाल ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसै गरी गठबन्धनको तर्फ बाट प्रदेश १ बाट सुदुरपश्चिम प्रदेश सरकारका पुर्व मन्त्रि पठान सिँ बोहरा नेकपा एमालेका तर्फ बाट भिड्दैछन भने प्रदेश २ बाट नेकपा एमालेका तर्फ बाट पूर्व जिविस सभापति गजेन्द्र साही भिड्दैछन ।

यसै विच प्रदेश नं. २ मा गठबन्धन को टिकेटको अपेक्षा गरेका नेकपा समाजवादीका केन्द्रिय सदश्य डा. तारा जोशी स्वतन्त्र वाट उठ्ने हल्ला चलिरहेको छ । यसै गरी अन्य दलको उम्मेदवारी भोली मनोनयन दर्ता गरे पछि थाहा हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.