बाढीको ताण्डब : भजनीवासी पुन विस्थापित

तस्विर: अनलाईन वाट

२२ असोज
असोज १ गते आएको बाढीले डुबान हुँदा कैलालीको भजनी नगरपालिकाका पाँच हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए। उनीहरू दशैंअघि मात्रै घर फर्किएका थिए। तर अविर परेको वर्षा पश्चात गाउँमा पुनः बाढी पसेकाले उनीहरू विस्थापित भएको नगरपालिकाका मेयर केवल चौधरीले बताए।

भजनी नगरपालिका मोहना, काँडा र पथरैया नदीको त्रिवेणीमा मा पर्ने भएकाले नदीमा पानीको बहाव बढ्ने बित्तिकै बस्ती डुबानमा पर्ने मेयर चौधरी बताउँछन्। बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ। मोहना नदीमा पनि पानीको बहाव बढिरहेकाले सर्तक रहन सूचना गरिएको उनले बताए।

असोज १ गतेको बाढीले भजनीका सात हजार ९६ परिवार विस्थापित भएका थिए। तीमध्ये चार हजार परिवार एक सातापछि मात्रै घर फर्किएका थिए। ध्वजबहादुर विश्वकर्माको परिवार हुलाकी सडकमा आश्रय लिए बसेको थियो। घर फर्किएको एक हप्ता नबित्दै पुनः सडकमै फर्किनुपरेको उनले बताए। 

वडा नम्बर ८ का वडा सदस्य लल्तु डगौरा थारूको परिवारलाई पनि बाढीले बिचल्ली पारेको छ। एक साता हुलाकी राजमार्गमा बसेर घर फर्किएका उनीहरू पुनः विस्थापित भएका छन्। डगौरा भन्छन् “घरमा भण्डारण गरिएर राखिएको अन्न सबै बगाएपछि खेतमा बचेको धानबालीको भरोसा थियो। यो बाढीले अब सबै सखाप बनाउँछ।”

You might also like
Leave A Reply

Your email address will not be published.