राजिनामा दिदै जसपाका मन्त्रिहरु

२२ असोज
बर्तमान मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका चार जना मन्त्रीले राजीनामा दिने भएका छन् । एमालेसँग चुनावी तालमेल भएसँगै जसपाका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका हुन ।

नेकपा एमालेसँग जसपाले १७ सिटमा प्रतिनिधिसभा सदश्यको उम्मेदावारीका लागी तालमेल गरेको छ । कांग्रेससँगको गठबन्धनमा रहेको जसपाले हालै गठबन्धन त्यागेको थियो । यो सँगै उसले नेकपा एमालेसँग सहकार्य गरेको छ ।

आजमात्रै दुई दलबीच सिट बाँडफाँटमा सहमति भएको छ । जसपाबाट अहिले मोहम्मद ईस्तियाक राई, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, मृगेन्द्र कुमार सिंह यादव मन्त्रिका रुपमा सरकारमा छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.