पहिरोले सहजपुर विपिनगर बागछेडा सडकखण्ड अवरुद्ध

तस्विर: गुगल बाट

२२ असोज
लगातार परेको बर्षाको कारण कैलाली डोटी जोड्ने सहजपुर विपिनगर बागछेडा सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ । कैलालीको चुरे गाँउपालिकाको सहजपुर बाट भित्र डोटीको बडिकेदार गाउपालिकाको विपिनगर क्षेत्रलाई जोड्ने करिव ५० किमि दुरी रहेको सहजपुर विपिनगर बागछेडसडक खण्डको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।

लगातार भएको बर्षाको कारण हिजो सहजपुर बजारको करिव १ किलोमिटरको दुरीमा करिव ३० देखी ४० मिटर लामो पहिरो गएको र हिजो केही वेर डोजर ले बाटो खुलाउने प्रयास गरे पनि अविरल बर्षाको कारण खोल्न नसकेको प्रत्यक्षदर्शी एबं साईकलयात्री भरत विक्रम शाहले बताउनु भयो ।

पहिरो पारि र पहिरो वारी फसेका गाडीहरुले ओहोर दोहोर गराईरहेको जनकारी दिदै पूर्ण रुपमा बर्षा नरोकिन्जेल सम्म बाटो खुल्ने सम्भावना एकदमै न्यून देखिएकोले अहिले लाई मोटर साईकल तथा साना अफरोड गाडीहरु सहजपुर मत्सेको बैकल्पिक बाटो प्रयोग गरेर विपिनगर क्षेत्र सम्म पुग्न सकिने शाहले बताए ।

विशेष गरि दशै मनाउन पहाड आएकाहरु को विजोग भएको शाहले सामाजिक संञ्जालमा पोस्ट गर्दै लेखेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.