२२ असोज
आसन्न मंसिर ४ गते हुने निवार्चनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदश्यमा कर्ण मल्ल र प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा विच भिडन्त हुने देखिएको छ ।
नेकपा एमालेले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ। एमालेले नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।
पूर्व प्रदेशमन्त्री पठानसिंह बोहोराको एकल नाम सिफारिस गरेको एमाले डडेल्धुराले उनलाई पछि हटाउँदै मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ। अब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्नेछन्। नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपीं) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो।