२१ असोज
पाँचदलीय सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेलमा अग्रसर बनेपछि अर्को मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुने संकेत देखिएकोछ ।
जसपाबाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपालाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलादेखि नै पहल गरिरहेका थिए । तर, जसपाका कारण लोसपा सत्ता गठबन्धनमा सामेल हुन सकेको थिएन । तर, अब जसपा एमालेको गठबन्धनमा जाने भएपछि लोसपा सत्ता गठबन्धनमा आउने सम्भावना बढेको हो ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा चलिरहेका बेला शुक्रबार लोसपा नेताहरू बालुवाटार पुगेका छन् । शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका छन् । आजको सत्ता गठबन्धनको बैठकमा जसपा उपस्थित छैन ।
सत्ता गठबन्धन ले अहिले सम्म जसपा लाई १६ सिट दिने सहमती गरेपनि नेकपा एमाले ले २० देखी २४ सिट दिन सकिने बताए पछी जसपा एमाले संग गठबन्धन गर्ने तयारीमा लागेको छ ।