देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, उम्मेदवारीका बिषयमा छलफल हुने

२१ असोज
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सत्ता गठबन्धनको बैठकका कारण विहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक प्रभावित भएपछि देउवाले आज दिउसो १२ बजेका लागी पुनः बैठक बोलाएका हुन् ।

बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार कांग्रेसमा प्रतिनिधिसभाको उम्मेदवार चयनमा खासै समस्या छैन उनले भने, अधिकांश नेताको क्षेत्र निश्चित छ । प्रदेशमा अलिकति मिलाउनुपर्छ होला । उम्मेदवार चयनमा धेरै समस्या हुने देखिँदैन ।

विहीबार विहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको भएपनि गठबन्धन बैठक कारण उक्त बैठक बस्दै नबसी स्थगित भएको थियो ।

गठबन्धनमा सहमति भएपछि कुनै पनि बेला बालुवाटार आउनुपर्ने भन्दै नेताहरुलाई तयारीमा बस्न भनिएको थियो । तर विहीबार राति ८ बजेसम्म बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि कांग्रेस नेताहरुलाई बालुवाटार नबोलाइएको बुझिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.