२१ असोज
काठमाडौंको चन्द्रागिरिमा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनको डेढ वर्षकी छोरीको मृत्यु भएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताए ।

नगरप्रमुख गिरिका अनुसार ‘राति १२ बजे पहिरो खसेको रहेछ । अहिलेसम्म तीन जनाको शव भेटिसकेको छ । अरु पनि छ कि भनेर खोजी हुँदैछ ।’ नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानियवासीहरु द्धारा उक्त स्थानमा खोजिकार्य चलिरहेको छ ।