१८ असोज
आसन्न मंसिर ४ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी लामो समय देखि उम्मेदवार छनौटको लागी कसरथ गरिरहेको नेपाली काग्रेसले अहिले सम्म आफनो उम्मेदवारको टुंगो लाउन सकेको छैन । उम्मेदवार कै चयनको विषय मा टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा छलफल गर्नेछ।
सोमबार भएको बैठकमा कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको थियो।
बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउने लगायत छ ।
कांग्रेसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपिल गरेको छ ।