१८ असोज
आसन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशका वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्। यसअघि डोटी जिल्ला पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको भएपनि गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पुनः प्रदेशमा दोहरीन भनेकाले मुख्यमन्त्री भट्ट प्रदेशसभा सदस्यमा फेरी दाहरिने भएका हुन्।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रतिनिधिसभाको प्रत्यक्षमा लड्ने तर पार्टीको भागमा प्रतिनिधिसभा सदस्य नपरे समानुपातिकमा नबस्ने बताएका थिए। तर, अहिले गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि पार्टी नेतृत्वले फेरि प्रदेश सभाका लागि तयारी गर्न भनेको ति नेताले बताए।
२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए।