

भावना पौडेल
१६ असोज
पहिले–पहिले चिसो छल्न तराईका बासिन्दा पहाँड आउने गर्थे । तर अहिले भने त्यसो देख्न पाइदैन । बरु पहाँडकै बासिन्दाहरु तराइमै बस्नकालागि उपयुक्त हुन्छ भन्दै जान थालेका छन । ‘सानै छदाबाट नै यहि हुर्केर यहि पढेलेखेको, यहाँको चिसो पचाउने शक्तीपनि हामि संग छ । तर अहिले भने गर्मीले पंखा चलाउनु पर्ने अवस्था आयो । यो भनाई डडेल्धुराको अमरगढी नगरपालिका –५ का ८१ वर्षीय बृद्धा भुवनेश्वरी साउदको हो ।
सून्दर अनी रमणीय डडेल्धुरा जिल्लाको सुन्दरता अनि हावापानीमा पछिल्लो केहिबर्षयता निकै नै फरक पाएको उनको भनाई छ । बाल्यकालबाटै यहि जन्मिएर हुर्कीनु भएकी उनि एकाएक हावापानीमा फेरबदल पाउँदा चिन्तित छन । पहिले यहाँबर्षै पिच्छे हिउँपर्ने गथ्र्योे र पानि पर्दा पानि समेत छोइ नसक्नु हुन्थ्यो ।
तर अहिले भने दिनप्रति गर्मी बढ्दै गएको उनि बताउँछन । पनि पर्दा र हिउँपर्दा आफ्ना बालबच्चालाई कसरी बचाउँने भन्ने चिन्ता त्यो बेला हुन्थ्यो । तर अहिले भने त्यो अवस्था रहेन । दिनप्रतिदिन भइरहेको फेरबदलले उनि मात्रै होइन अन्य नागरिकहरु पनि चिन्तामा छन ।
डडेल्धुराकै अमरगढी नगरपालिका–४ का ६५ वर्र्षीया हरिकला सुनार पनि डडेल्धुराको मौसममा निकै फरक पाएको बताछन । ५-६ बर्ष पहिले यहाँ निकै जाडो हुने गथ्र्यो भने पानी त झन छोइ नसक्नु हुन्थ्यो । तर अहिले भने त्यस्तो छैन । केहि वर्ष यता यहाँको मौसम बिस्तारै तातो हुन थालेको उनको भनाइ छ ।
अहिले पानी पर्दापनी खासै जाडो नहुँने र मंसिर, पुसको महिनामा समेत पहिलेको तुलनामा जाडो घट्दै गएको उनको भनाई । ‘पहिले यहाँ बस्तीपनि निकै पातलो थियो, घरहरु थोरै थिए । तर अहिले घरहरु थपिए जादा मानिसहरुको संख्यापनि बढ्दै गयो । गर्मि धेरै हुन थालेको छ । किसानलाइ समेत तापक्रमले निम्तायो चुनौती बढ्दै गएको तापक्रमले गर्दा डडेल्धुराका किसानले समेत चुनौती खेप्नु परेको छ ।
कृषि पेशालाई नै अंगालेर बसेका यहाँका किसान पानी नपर्दा समस्यामा पर्ने गरेका छन । धान रोपाई गर्ने सिजनमा नै यहाँ पानी नपर्दा किसानहरु चिन्तामा थिए । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको गन्यापधुरा गाउँपालिका–१ का दत्तराज अवस्थीले बताए । नदिमा पानीको सतह कम भएको र खेतसम्म पानी नपुगेका कारण पाइपबाट खेतमा सिँचाइ गर्दा घन्टौं समय लाग्छ । उनले भने, यस कारण किसानहरूले समस्या झेल्नु परेको छ । डडेल्धुराका केही ठाउँका किसानहरूले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन ।
तर, असारको महिना लाग्दापानी नपर्दा किसानहरूले रोपाई गर्न सकेका थिएनन् । असार पहिलो हप्तामै डडेल्धुराका अधिकांश ठाँउहरूमा रोपाइँ सकिन्थ्यो । तर साउन महिनामा जसोतसो सुदूरपश्चिमकै प्रशिद्ध घटालथानमा बोका भाकल गरेर किसानहरुले पानी पारेक थिए ।
पानी अभावकै कारण किसानले रोपेका धानपनि सुकेका थिए । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रमा धानखेती गरिने कृषिज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।
किन बढी रहेको छ ? डडेल्धुराको तापक्रम .
डडेल्धुरामा वन विनास, कार्वनडाइअक्साइड, जथाभावि फोहरमैला, बढ्दो शहरीकरण, पक्कि घरहरु निर्माण हुनु र जथाभाबि डोजर चलाउनु जस्ता कारणले गर्दा तापक्रम बृद्धि हुँदै गइरहेको जल तथा मौसम बिज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारले बताए । उनका अनुसार बिगत पाँच बर्ष यता डडेल्धुराको मौसम सम्वन्धि तथ्याङ्क हेर्ने हो भने पछिल्ला वर्षहरुमा मौसममा निकै फेरबदल भएको छ ।
तापक्रममा फेरबदल हुुनुको मुख्य कारण नै जथाभावि डोजर चलाउनु, पक्किघरहरु निर्माण हुनु तथा बढ्दो शहरीकरण रहेको उनि बताउछन । डडेल्धुरा जिल्लाको बिगत ५ बर्षको तथ्याङ्क हेर्दा सन २०१७ को मे महिनामा अधिकतम तापक्रम २९.० डिग्री सेल्सीयस र जनवरी महिनामा न्युनतम तापक्रम –०.३ डिग्री सेल्सीयस रहेको छ । यस्तै बर्षा भने जुलाई महिनामा सबैभन्दा बढी ६४७.मिलीमिटर भएको छ ।
सन २०१८ को जुन महिनामा सबैभन्दा बढि ३०.५ डिग्रीसेल्सियस अधिकतम तापक्रम थियो भने जनवरी महिनामा सबै भन्दा कम –०.१ डिग्रीसेल्सियस न्युनतम तापक्रम थियो । २०१८ को अगस्ट महिनामा सबैभन्दा बढी ४२७.९ मिलीमिटर बर्षा भएको तथ्याङ् छ ।
यस्तै सन २०१९ को मे महिनामा ३१.२ अधिकतम तापक्रम थियो भने जनवरी महिनामा –०.७ न्युनतम तापक्रम थियो र सेप्टेम्वर महिनामा सबैभन्दा बढि २५६.९ मिलीमिटर बर्षा भएको छ । सन २०२० को मे महिनामा पनि डडेल्धुरा जिल्लामा सबैभन्दा बढि ३१.२ अधिकतम तापक्रम थियो । न्युनतम तापक्रम जनवरी महिनामा –१.५ मिलीमिटर भएको थियो भने बर्षा सबैभन्दा बढि जुलाई महिनामा ४२९.७ मिलीमिटर भएको थियो । सन २०२१ को तथ्याङ्क हेर्ने हो भने सेप्टेम्वर महिनामा सबैभन्दा बढि २८.५ अधिकतम तापक्रम थियो ।
न्युनतम तापक्रम जनवरी महिनामा १.९ थियो । सन २०२१ कै अक्टुवर महिनामा सबैभन्दा बढि बर्षा ४२०.१ मिलीमिटर भएको तथ्याङ्कमा उल्लेख छ । यसैबिच सन २०२२ को जुलाई सम्मको तथ्याङ्क हेर्दा जुन महिनामा ३२.० अधिकतम तापक्रम थियो भने फेब्रुअरी महिनामा –०.९ न्युनतम तापक्रम थियो । बर्षा भने जुलाई महिनामा २२५.८ मिलीमिटर भएको जल तथा मौसम बिज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्मा उल्लेख गरिएको छ ।
