१४ असोज
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । कांग्रेसभित्र अहिले जे नि भैरहेको भन्दै उनले यसमा खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसँगै रगत प्रयोग भैरहेको भन्दै उनले कांग्रेसको बिउ बाँच्नुपर्ने धारणा राखे ।
‘कांग्रेस सिद्धिनु भएन, राजाका बेला नसिद्धिएको, माओवादीका बेला नसकिएको कांग्रेसलाई अहिले आफ्नैबाट समस्या परेको भन्दै भण्डारीले बनाउने बाहेक बिगार्ने अधिकार कसैलाई पनि नभएको बताए ।
छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अबको चार वर्षपछि कांग्रेस आफूहरुको नेतृत्वमा आउने समेत ठोकुवा गरे । मंसिर चारमा सही उम्मेदवार छनोट गरेर मात्रै जनताले भोट हाल्नुपर्ने उनले धारणा राखे ।