१४ असोज
हिजो एक कार्यक्रमका विच डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिकामा पालिका स्तरिय दलित महिला जनप्रतिनिधि संञ्जाल गठन गरिएको छ । नवदुर्गा गाँउपालिका वडा नं.५ का दलित महिला सदश्य रत्ना देबी वि.क.(लुहार)को अध्यक्षतामा निर्वाचित दलित महिला सदश्यहरुको उपस्थितीमा बसेको बैठक ले उक्त संञ्जाल गठन गरेको हो ।
निर्वाचित दलित महिला जनप्रतिनिहिरु लाई संगठित गर्दै उनिहरुको हकहित संरक्षण तथा क्षमता अभिबृद्धिका लागी गठन गरिएको उक्त संञ्जालको संयोजकमा दमयन्ति पहरि लुहार रहनु भएको छ भने शुसिला दमाई, बसन्ति भुल, शारदा बि.क.,धर्मा टमटा र रत्ना देबी लोहराहरु संञ्जालको सदश्यको रुपमा रहेका छन् । उक्त संञ्जालमा गाँउपालिकाका उपाध्यक्ष निर्मला कुमारी बिष्ट बोगटी लाई आमन्त्रित सदश्यको रुपमा राखिएको छ ।
दलित महिला संघ डडेल्धुरा तथा नवदुर्गा गाँउपालिकाको सहजिकरणमा उक्त दलित महिला जनप्रतिनिधि संञ्जाल गठन गरिएको हो ।