
१४ असोज
अध्ययनको क्रममा अमेरिका पुग्नु भएका डडेल्धुरा अमरगढी नगरपालिका वडा नं.५ मा जन्मिएका हिमा रावल अहिले अमेरिकाको मिशगन स्टेट विश्व विद्यालयमा तालिम दिईरहेकाछन् ।
विद्यावारिधिका लागी अमेरिका पुगेका हिमा सोहि विश्व विद्यालयको सामाजिक कार्य विभाग अन्तर्गत ट्रामा विषय सम्बन्धि सिकाई र अध्ययनमा पनि लागेका छन् । ट्रामा सर्भिशेस एंड ट्रेनिंग नेटवर्क को स्टीयरिंग कमिटीमा काम गर्नुका साथै ट्रामा च्याम्पियन कार्यक्रम मार्फत विश्वविद्यालयमा तालिम पनि दिईरहेका छन् ।
ट्रामा कार्यमा वहा बिशेष गरि घरेलु हिंसा र लैङ्गिक दुर्व्यवहार पिडित विद्यार्थी हरुको लागि वकालत गर्नु हुन्छ । वहाको लक्ष्य भनेको शिक्षण मा ट्रामा जागरुकता कसरी जगाउन सकिन्छ भनेर उक्त क्षेत्रमा काम गर्नु रहेकोछ ।
वहाका अनुसार कुनै अप्रिय घटना (हरु) ले हाम्रो शरीर र मन, मस्तिष्क मा पार्ने असर ट्रमा हो । यो व्यक्तिगत पनि हुन्छ र सामुहिक पनि हुन्छ, अनुसन्धान ले देखाए अनुसार ट्रमाले जानी नजानी हाम्रो शरीरमा विभिन्न रोग हरु लाग्ने देखि लिएर सोच्ने अनि निर्णय गर्ने शक्तिलाइ पनि असर गरिरहेको हुन्छ । वहाले दिने तालिम मार्फत ट्रमा वाट प्रभावित मान्छे लाई एउटा पूर्ण मान्छेको रुपमा हेर्न, सके सहयोग गर्न, नसके स्रोत साधन जुटाइदीन पहल गर्नु र आफ्नो सोचाइ, ब्यबहार परिबर्तन गर्नको लागी सहयोग गर्ने जानकारी दिनुभयो ।
डडेल्धुराको वालमन्दिर बाट प्रारम्भिक शिक्षा सुरु गरेका हिमा डडेल्धुराकै महेन्द्र मा.बी. बाट प्लस टु तथा डडेल्धुरा शिक्षा क्याम्पस बाट स्नातक तथा त्रिभुवन विश्व विद्यालय किर्तिपुर बाट स्नातकोत्तर गरेका हुन । अमेरिका जानु अघि सम्म त्रिभुवन विश्व बिद्यालय मा उप प्राध्यापक रहेका हिमा ले त्रिभुवन विश्वविद्यालयको स्नातक स्तरको विभिन्नि पाठ्यक्रमा आधारित पुस्तकहरु तथा लेखहरु समेत लेखिसक्नु भएको छ ।
आफु अमेरिका भए पनि नेपाल तथा आफ्नो गृह जिल्ला डडेल्धुरा को सामाजिक विकास तथा राजनिति लाई गहिरिएर हेरिरहेको बताउने हिमा निकट भविश्यमा डडेल्धुरा मै आई यहाँको विभिन्न क्षेत्रको विकासका लागी आफु लाई समाज सेवामा समर्पित गर्ने बताउनु भयो साथै भविश्यमा सक्रिय राजनितीमा प्रवेश गर्ने सम्भावना के छ ? भन्ने प्रश्नमा प्रत्यक्ष राजनितिमा प्रवेश गर्ने सम्भावना खुला नै रहेको र राजनिति मार्फत सेवामा समर्पित हुने सम्भावना र चाहना दुबै रहेको बताउनु भयो ।