१३ असोज
आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा को निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस विपिमा विभिन्न पार्टि तथा जिम्मेवारी छोडेर आवद्ध हुने क्रम बढ्दो देखिएको छ । यसै क्रममा आज २०१५ सालका सुदुरपश्चिमका पुर्व कमाण्डर वि.पी. कोइरालाका क्याविनेटका पुर्व मन्त्री शिवराज पन्तका छोरा, एसियाकै पहिला महिला मन्त्री द्वारिका देवी ठकुरानीका माइती श्री लोकराज पन्त र पुर्व गा वि स का उपाध्यक्ष जनजाति नेता श्री कर्णबहादुर तामाङ ज्यलाई नेपाली काँग्रेस (वि.पी.) पार्टीमा पार्टीका बरिस्ठ उपसभापति श्री कर्णबहादुर मल्ल ज्यूले स्वागत गरि केन्द्रीय सदस्यको जिम्मेवारी समेत दिनु भयो ।
नेपाली काग्रेस ले विपिको शिद्धान्त लाई केवल नारामा सिमित राखेको र गणेश मान सिँह , कृष्ण प्रसाद भट्टराई लगायतका नेपाली कांग्रसको संस्थापकहरुको शिद्धान्त लाई बेचेको कारण नेपाली कांग्रेस विपिमा प्रवेस गरेको नेपाली काग्रेस विपि प्रवेश गरेको नेताहरुले वताए । यसै गरि नेपाली कांग्रेस विपिको तर्फ बाट देश भरमा आसन्न निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार उठाउने तयारी रहेको नेपाली कांग्रेस विपिले जनाएको छ । बर्तमान पार्टि भित्रको खिचलो तथा अन्याय लाई बहिस्कार गर्दै नेपाली कांग्रस बिपि मा प्रवेश गर्ने हरुको संख्या अवको केही दिन भित्र उल्लेख्य हुने नेपाली काग्रेस विपिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ल ले बताउनु भयो ।