पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई कदरपत्र प्रदान

१३ असोज
नेपाललाई पर्यटकमैत्री तथा सुरक्षित पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा
उल्लेखनीय योगदान पुर्‍याए बापत पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई उच्च प्रशंसा र
सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ ।


४३ औं विश्‍व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यता तथा पर्यटन विभागका प्रमुख होम
प्रसाद लुईटेल र पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मीको उपस्थितिमा मंगलबार
नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान
गरिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.