
१३ असोज
आसन्न निर्वाचनको प्रतिनिधि सभा सदश्यको लागी सत्तागठबन्धन पार्टि द्धारा १६० सिटमा सहमती जनाएका छन् । उक्त सहमति अनुसार सत्ताधारी नेकपा माओवादी केन्द्रको भागमा ४ सिट परेको जनाईएको छ ।
प्रतिनिधिसभाका लागी सुदुरपश्चिममा १६ जना सासंद ले प्रतिनिधित्व गर्नेछन् जस मध्ये ४ सिटका लागी सहमति करिव पक्कापक्कि भएको माओवादी केन्द्रका नेताले संञ्चारकर्मी लाई बताए । उनका अनुसार नेकपा माओवादी केन्द्रको भागमा कैलालीको क्षेत्र नं.२ र ३, कञ्चनपुरको क्षेत्र नं.१ र बैतडी जिल्ला परेको हो । कञ्चनपुर १ बाट विना मगर र बैतडी बाट नरेन्द्र कुवर (विजय सुन्दर) उम्मेदवार हुने निश्चितप्राय ः छ भने कैलालीमा प्रत्यासि धेरै भएर हाल सम्म टुंगो लागेको छैन ।
नेपाली कांगे्रसको भागमा सुदुर पश्चिममा ९ सिट र नेपाल कम्यूनिस्ट पार्टि समाजवादीको भागमा ३ सिट परेको छ ।