देउवालाई कांग्रेस परशुराम नगर सचिवको खुलापत्र

१३ असोज

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह जिल्ला डडेल्धुराको पशुराम नगरपालिका नगर कमिटी सचिव खगेन्द्र बहादुर सिंहले खुलापत्र लेखेका छन् ।

सत्ता गठबन्धनभित्रको सिट बाँडफाँटमा डडेलधुरा प्रदेश (क) माओवादीको भाग पर्ने चर्चापछि कांग्रेस सचिव सिंहले ‘सत्य कैलै लुक्दैन भित्रि मदेश झुक्दैन’ भनेर खुलापत्र लेखेका हुन् ।

गठबन्धनका नाममा नेपाली कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदलाई प्रदेशको टिकटबाट बन्चित गराइए आफूहरुलाई सह्य नहुने उनको चेतावनी छ । ‘राजनीतिबाट सन्यास लिने बेला डडेल्धुरामा कांग्रेस सिद्धिने काम नगरिदिनुहोला। भीमबहादुर साउद जस्तो लोकप्रिय व्यक्तिले टिकट नपाए अरु कसले टिकट पाउदो रैछ हामी पनि हेरौंला । जितेर देखाउला ।। उनले खुलापत्रमा लेखेका छन् ।

प्रदेश (क) मा पर्ने डडेलधुराको भित्रि मधेस निर्वाचनमा निर्णायक क्षेत्र हो । यो प्रदेशमा जिल्लाका ५२ वडामध्ये २७ वडा छन् । जनसंख्या र मतदाताका हिसावले पनि यो प्रदेश ठूलो हो।

सत्ता गठबन्धनमा उक्त प्रदेश माओवादीले पाउने चर्चापछि कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको हो । ३ पालिकामध्ये २ पालिका र बहुमत वाड जितेको कांग्रेसले प्रदेश माओवादीलाई जिम्मा लगाए यसको असर प्रदेश मात्र होइन संघको निर्वाचनमा पनि असर पर्नेमा दुई मत छैन ।


सिंहले पत्रमा लेखेका यस्तो छन्
“सत्य कैलै लुक‌दैन भित्रि मदेश झुक्दैन।”
नेपाली काङ्ग्रेसका आदरणीय पार्टी सभापति तथा सम्माननिय प्रधानमन्त्री ज्यु लाई अनुरोध नेपाली काङ्ग्रेस डडेलधुरा जिल्लाका बर्तमान पार्टी सभापति श्री भिम बहादुर साउद ज्यु बिगत ३०र३५बर्षदेखि पार्टीमा कृयाशिल रहि विभिन्न आरोह अबरोह पारगरि आ उनु भएको व्यक्ति हुन।ठुलो आवादि रहेको भित्री मधेस (जोगबुढा) भेकमा वहाँलाई नेपाली काङ्ग्रेसको मात्र नभइ अन्य दलहरुको समेत सहयोग र समर्थन रहेको र रहने कुरा लुकाएर लुक्दैन। भित्री मधेसको बिकाश निर्माण र जनस्तर उकास्न वहाँले गरेका प्रयासहरु उदाहरणिय छन।
हरेक जन मनले रुचाएका व्यक्ति भिम बहादुर साउद हुन। उदारवादी मनका धनी श्री साउद को जनता र बिकास निर्माण प्रतिको योगदान अतुलनीयछ।
अघिल्लो स्थानिय निर्वाचन मा पार्टी सभापतिको डडेलधुरा जिल्लाको दुबै नगरपालिका काङ्ग्रेसले गुमायो भन्ने बेइज्जती बाट पार्टी र सभापति को इज्जत जोगाइ दिने व्यक्ति भिम बहादुर साउद हुन। जिल्ला भरि र बाहिर सङ्गठन बिस्तारमा वहाँ को अहम भुमिका रहिआएको छ। नेपाल भरि कहलिएको आफ्नो कम्पनी लाई लथालिङ्ग छाडि पार्टी र जनसेवामा समर्पित व्यक्ति भिम बहादुर साउद हुन। वहाँ लाई पैसाको खाचो होइन। जनसेवा र बिकाशको चाहनाहो।वहाँ जस्तो अन्य मेयर हरुले करोडौं कमाए होलान। वहाँले पार्टी सङ्गठन र जनसेवामा आफ्नो करोडौं खर्च गरेकाछन।
वहाँ जस्तो जनपृय नेता हामी जनतालाइ चाहिएकोहो। अहिले आएर गठबन्धनका नाममा वहाँलाई (भिम बहादुर साउद ज्यु) लाई प्रदेशको टिकट बाट यदि बन्चित गराइन्छ भने हामीलाई सह्यहुने छैन । राजनीति बाट सन्यास लिनेबेला डडेल्धुरामा काङ्ग्रेस सिद्धिने काम नगरिदिनुहोला। भिमबहादुर साउद जस्तो लोकपृय व्यक्तिले टिकट नपाए अरु कसले टिकट पाउदोरैछ हामी पनि हेरौंला। जितेर देखाउला।।

धन्यवाद जयनेपाल।।
नगर सचिब नेपाली काँग्रेस परशुराम
खगेन्द्र ब सिह
वार्ड अध्यक्ष प न पा ६

You might also like
Leave A Reply

Your email address will not be published.